तनहुँमा दाउ हानेर श्रीमतीको हत्या, जितबहादुर पक्राउ
तनहुँ | चैत २६, २०८०
तनहुँ: आफ्नै श्रीमतीको हत्या गरेको आरेपमा तनहुँ प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा व्यास नगरपालिका–५ सेरा चापाटार बस्ने ४० वर्षीय जित बहादुर कुमाल रहेका छन् ।
प्रहरीका अनुसार उनले आफ्नै श्रीमती ३६ वर्षीया सुन माया कुमालको धारिलो हतियार (दाउ) प्रहार गरी हत्या गरेका थिए ।
घटनापछि सुनमायाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर पाएपछि जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
सो विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...
पोखरा — कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...
सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

